काठमाडौं । ब्राजिललाई पराजित गर्दै नर्वे पहिलो पटक विश्वकपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको न्यूयोर्क न्यु जर्सी स्टेडियममा सोमबार भएको खेलमा ब्राजिललाई २–१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।
खेलको अन्तिमतिर इर्लिङ हालान्डले २ गोल गरेका थिए भने नर्वेका गोलरक्षक ओर्जान निलान्डले उत्कृष्ट बचाउहरु गरेका थिए । नर्वेले ब्राजिलाई दोस्रो पटक पराजित गरेको हो । यसअघि पछिल्लो पटक १९९८ मा विश्वकप खेलेको नर्वेले ब्राजिललाई २(१ ले नै पराजित गरेको थियो ।











