काठमाडौं । सम्पत्ति स्रोतमा विवाद उत्पन्न भएपछि गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरूङ पुनः गृहमन्त्रीमा नियुक्त भएका छन् । सरकारले ४९ दिनपछि सोही पदमा नियुक्त गरेको हो ।
नवनियुक्त गृहमन्त्री गुरुङले राष्ट्पतिसमक्ष शपथ लिएपछि आजै सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।
गुरूङको सम्पत्ति स्रोतमाथि छानबिन गर्न गठन गरिएको समितिको प्रतिवेदन नै सार्वजनिक नगरी सरकारले एकतर्फी रूपमा उनलाई गृहमन्त्रीमा फर्काएको हो । उनीसँगै आज सरकारले नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गरेको छ । पुनले पनि आजै शपथ लिनुका साथै पदभार ग्रहण गरेका छन् ।











