दाङ । नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेश सरकारमा रहेका चार जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम सारुमगर र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्नै निर्देशन र सल्लाहमा मन्त्रीहरुले राजीनामा दिएको बताएका छन् । एमालेले नयाँ मन्त्रीका लागि गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीको नाम सिफारिस गरेको बताइएको छ ।