इन्द्रेणी संवाददाता
दाङ,२० साउन । दाङको देउखुरी क्षेत्रमा १नगरपालिका सहित ३गाउँपालिका वनाउनु पर्ने देउखरी वासीले वताएकाछन । स्थानिय तह पुर्नसंरचना प्राविधिक सहयोग समिती दाङले आयोजना गरेको स्थानिय तह पुर्नसंरचना सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले त्यस्तो माग गरेकाहुन ।

dang deukhuriउनिहरुले लालमटिया, सिसहनियाँ, हाँसीपुर र गोबरडिहालाई मिलाएर एउटा गाउँ पालिका, गढवा, गंगापरस्पुर, कोईलाबास, बेला र राजपुर गाविसलाई मिलाएर दोश्रो गाउँ पालिका तथा राप्तीपारीका गोबरडिहा, गंगापरस्पुर, गढवा, कोईलाबास, बेला र राजपुर गाविसलाई मिलाएर तेश्रो गाउँ पालिका तथा साविकको चैलाही, सोनपुर र सतबरिया गाविस मिलाएर नगरपालिका बनाउँन सुझाब दिएकाथिए ।

स्थानिय तह पुर्नसंरचना गर्दा स्थानिय नागरीकले प्रयोग गर्ने प्रकृतिक श्रोतसाधनमा नागरीक पहुँचलाई विमुख नहुने गरी भौगौलीक वनावट मिलाएर वनाउनु पर्ने वताएका थिए ।
कार्यक्रममा नेकपा एमालेका रतनकुमार श्रेष्ठ राष्ट्रिय जनमोर्चा क्षेत्र नं. २ का इन्चार्ज होमप्रसाद शर्मा लोकमणि बन्जाडे आरबी थापा कालाकाटेबाट अन्तरक्रियामा सहभागी भएका हरिप्रसाद सुवेदी लगाएतले स्थानिय निकायको पुर्नसंरचनामा सुझाव दिएकाथिए ।

नयाँ पुर्न संरचना गर्दा २०६८ को जनगणा अनुसार गाउँपालिका हुन ५० हजार जनसख्या र नगरपालिका हुन ७५ हजार जनसख्या हुनुपर्ने मापदण्ड अनुसार जनसख्याको आधारमा देउखुरी उपत्यकामा २ गाउँपालिका र १ नगरपालिका हुनुपर्नेमा केहि सहभागीहरुको जोड थियो । नयाँ संबिधान कार्यान्वयनका लागि थालिएको स्थानीय तह पुर्नसंरचना निर्माणको छलफलका क्रममा आ—आफ्नो राय सुभाब दिन देउखुरी उपत्यकाका दुर—दराजबाट समेत नागरिकहरु बस रिर्जभ गरेरे कार्यक्रममा सहभागी भएका थिए ।।