इन्द्रेणी संवाददाता
यातायात ब्यबस्था बिभागले सवारी साधनको भाडा घटाएको भन्दै जाजरकोटका यातायात ब्यबसायीले यातायात बन्द गरेका छन् । बिभागले गत साउन ४ गते लागु गरेको नयाँ भाडादरमा पहिलेको भन्दा यातायातको भाडा घटेको भन्दै ब्यबसायीहरुले यातायात बन्द गराएका हुन् ।
नयाँ भाडादर अनुसार प्रति किलोमीटर २.५० पैसा निर्धारण गरिएको छ । नयाँ भाडादर अनुसार जाजरकोट देखि सल्लिबजार ६२ किलोमिटर १८६ , जाजरकोट देखि नेपालगन्ज १८८ किलोमिटरमा ४६४ ,र जाजरकोट देखि काठमाडौं ६८५ किलोमिटरमा १३६६ रुपैयाँ कायम गरिएको छ ।
यसअघि व्यवसायीले जाजरकोट देखि नेपालगन्ज ९०० देखि १००० सम्म र जाजरकोट देखि काठमाडौं १ हजार ८०० देखि २५०० सम्म भाडा लिने गरेका थिए ।।