इन्द्रेणी संवाददाता 

दाङको घोराही हुदै रोल्पाको होलेरी जोड्ने सडकखण्डमा खसेको पहिरो हटाउन नसकिएपछि बैकल्पिक सडक खन्ने क्रम सुरुभएको छ । दाङको सैघा २ मखखोलामा ठूलो पहिरो खसेका कारण ११ दिन देखी सो सडक खण्ड अबरुद्ध भएको छ ।

pahiroअझै त्यस सडक खण्डमा खसेको पहिरो हटाउने क्रममा माथिबाट माटो बग्ने क्रम नरोकिएपछि समस्या उत्पन्न भएको हो । त्यहाँ तत्काल पहिरो हटाउन सम्भब नदेखिएपछि बैकल्पीक सडक खन्ने क्रम शुरु गरिएको दुई खोली प्रहरी चौकीले जानकारी दिएको छ ।

कालोपत्रे गर्नका लागि फराकिलो पार्ने क्रममा जमिन कमजोर बन्दा पहिरो खसेको हो । यसअघि पनि ट्याक्टर हिडेको ट्रयाकबाटै बैकल्पीक सडक बनाउन एउटा स्काभेटरले काम गरिरहेको प्रहरी चौकीका हवल्दार पूर्णबहादुर बोहराले जानकारी दिनुभयो ।

पहिरो हटाउन सडक विभागका कर्मचारी, सडक कालोपत्रे गर्ने जिम्मा लिएको ठेकेदार कम्पनिको स्काभेटर र प्रहरी खटेका छन् । तर ११ दिन देखी प्रयास भएपनि पहिरो हटाउन नसकिएको बताईएको छ ।

उता सल्यानमा पनि बर्षा संगै आएको पहिराले गर्दा बिभिन्न ठाउमा क्षति भएको छ । गत साउन १५ को पहिरोले सल्यान ढाँकाडाम १ ढोलढुंगामा पुर्ण बहादुर खड्काको घर पुरिएको खबर छ ।

माथीबाट झरेको पहिरोले घर पुर्दा लत्ताकपडा, खाद्यान्न र केहि नगद रुपैया समेत गरेर आफ्नो ४ लाख बराबरको क्षती भएको खड्काले जानकारी दिनुभयो ।।