दाङ । नेकपा एमाले दाङ क्षेत्र नम्बर २ ले घोराहीमा ‘रोड सो’ गरेको छ । ‘रोड सो’ घोराहीको लखन पार्कबाट सुरु भएको थियो ।
‘रोड सो’ मा क्षेत्र नम्बर २ का गाउँगाउँबाट आएका एमाले समर्थकहरुको सहभागिता थियो । ‘रोड सो’ का क्रममा दिपशीखा चोकमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले साझा जनप्रतिनिधिका रुपमा दाङको विकास र समृद्धिको नेतृत्व गर्ने बताए ।
दाङको समृद्धिका लागि संकल्प पत्र तयार परेर आफू निर्वाचनमा होमिएको भन्दै उनले पाँच वर्षभित्र गर्ने कामको फेहरिस्त तयार पारेर अगाडि बढेकोभन्दै आफूलार्य विजयी बनाउन आग्रह गरे ।
केन्द्रमा सशक्त उपस्थिति बिना दाङले अपेक्षित बजेट र प्राथमिकता पाउन नसक्ने जिकिर गर्दै पोख्रेलले आफ्नो विजयले दाङको विकास समृद्धिको यात्रा निष्कर्षमा पुग्ने बताए ।











