सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेश महामन्त्री चन्द्रा विक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतले रास्वपा छाडेर काँग्रेसमा प्रवेश गरेका छन्।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आइतबार बिहान आयोजित एक समारोहमा उनीहरुलाई पार्टीमा स्वागत गरेका छन्।
यसअघि रास्वपाको मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा, बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईंलगायत दर्जन बढीले पार्टी परित्याग गरेका थिए।











