In this photo released by an official website of the office of the Iranian supreme leader, Supreme Leader Ayatollah Ali Khamenei speaks in a meeting, in Tehran, Iran, Sunday, Feb. 1, 2026. (Office of the Iranian Supreme Leader via AP)

काठमाडौँ । शनिवार विहान भएको अमेरिका–इजरायली आक्रमणमा परी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएको इरानी मिडियाले पुष्टि गरेको छन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनी मारिएको दावी गरेका थिए। उनीसँगै खामेनीका छोरी, ज्वाइ र नाती समेत मारिएको इरानी मिडियाले उल्लेख गरेका छन्।

४० दिने शोकको घोषणा
खामेनी मारिएको शोकमा ४० दिने राष्ट्रिय शोकको घोषणा समेत गरिएको छ। इरानको सेना रिभुलसनरी गार्ड निकट समाचार संस्था ‘दी फार्स एजेन्सी’का अनुसार उनको निधन भएको शोकमा ४० दिनको शोक घोषणा गरिएको छ।