काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मारिएको दाबी गरेका छन् ।
आफ्नो सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट गर्दै खामेनी मारिएको ट्रम्पले दावी गरेका हुन् । उनले लेखेका छन्, ‘इतिहासको सबैभन्दा क्रुर व्यक्तिमध्ये एक खामेनेई मारिएका छन् । यो केवल इरानी जनताका लागि मात्रै नभइ विश्ववका ती देशका नागरिकका साथ पनि न्याय भएको छ । जसलाई खामेनेही र उनका हत्यारा गिरोहले मारेका थिए ।’











