काठमाडौँ । अमेरिका र इजराइलले इरानमा आक्रमण गरेपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै विभिन्न देशका लागि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि व्यक्तिगत र संस्थागत श्रम स्वीकृति रोकिएको हो ।

वैदेशिक रोजगार विभाग, वैदेशिक श्रम स्वीकृति शाखा ताहाचलले आइतबार एक सूचना जारी गर्दै साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलसहितका देशमा श्रम स्वीकृति रोकेको जनाएको छ । सूचनामा विभाग र अन्तर्गतका निकायबाट प्रदान गरिने सबै प्रकारका श्रम स्वीकृति अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको उल्लेख छ।

अमेरिका र इजराइलले शनिवार इरानमा आक्रमण गरेपछि इरानले खाडी मुलुकमा रहेका अमेरिके सैनिक वेस क्याम्पहरुमा आक्रमज गर्दै आएको छ ।