सल्यान, १९ साउन
केहि दिन यता लगातार आएको बर्षाले सल्यानको विभिन्न ठाउँमा क्षती पु¥याएको छ । साउन १५ गते वर्षा संगै अएको पहिरो ढाकाडाम गाबिस वडा नं १ ढोलढुङ्गाका पुर्ण बहादुर खडकाको घर पुरिएको छ ।
पहिरोले घरमा भएको लत्ता, कपडा, खाद्यान्न लगायत केहि नगत सहित ४ लाख बराबरको क्षति भएको घर मालिक पुर्ण बहादुर खडकाले वताउनुभयो । घर पहिरोले पुरिए पछि पिडित पुरानो पुर्खेली घरमा गएर बसेको त्यहाबाटअतिराम ओलीले जानकारी दिनुभयो ।
यसैविच, अविरल वर्षाका कारण सल्यान दमाचौर ९ बुराँसेमा रहेको श्री जनता निम्न माध्यामिक विद्यालयमा केहि दिन यता पहिरो जाँदा विद्यालय अस्तवेस्त भएको छ । विद्यालयको माथि दुई ठाउँबाट पहिरो खसेपछि विद्यार्थीलाई स्कुल भित्र बाहिर गर्न समस्या परेको हो ।
पहिरोले गर्दा कक्षाकोठा भित्र नै हिलाम्य भयपछि पहिरो हटाउन जिल्ला शिक्षा कार्यालय सल्यानलाई आग्रह गर्र्दा पनि अहिले सम्म आफ्नो कुराको कुनै टुङ्गो नदिएको शिक्षकहरुले गुनसो गरेका छन । २०४२ सालमा निर्मान गरेको सो स्कुल अहिले जिर्न बन्दै गएको छ ।।
