साउन १९
कामका लागि साउदी अरब पुगेका ४८ जना नेपाली अलपत्र परेका छन् । रोजीरोटीका लागि झण्डै सात महिना अघि साउदी पुगेका उनीहरु कम्पनीमा भने जस्तो काम र काम अनुसारको दाम नपाएका कारण अलपत्र परेका हुन ।  कम्पनीले बस्ने कोठा, खाने व्यवस्था समेत नगरिदिए पछि उनीहरु समस्यामा परेका हुन । काठमाडौंको सिनामंगलमा रहेको जेबिआर एसोसिएट प्राइभेट कम्पनीमार्फत साउदी गएका उनीहरु ६ महिना देखि अलपत्र परेका हुन ।

images (1)मासिक १२ सय रियाल तलब र तीन सय खानाका लागि र बस्ने सुविधा पाउने भन्दै उनीहरुले साउदी आउँदा प्रतिव्यक्ति ८५ हजार देखी एक लाख रुपैयाँसम्म म्यानपावार कम्पनीका सञ्चालक दिपक घिमिरेलाई बुझाएको पीडितहरुले बताएका छन् ।

साउदीको हायलमा सानाफ इन्टरनेशनल नामक कामदार सप्लाई कम्पनीमा सामान्य मजदुरीका लागि आएका उनीहरुले साउदी पुगेको तीन महिनासम्म काम गरेको र काम गरेवापतको पैसा नदिएपछि उनीहरु समस्यामा परेका हुन ।

कम्पनीमा आएका ५४ जना नेपाली मध्ये ६ जनाले कम्पनी छोडेर अवैधानिक रुपमा काम गरिरहेका छन् । बाँकी ४८ जना भने कम्पनीको मजदुर क्याम्पको छतमा रातदिन गुजारिरहेका छन । अलपत्र नेपालीहरुले आफुले काम गरे बापतको रकम पाए नेपाल फर्किन चाहेका छन भने बाँकीले समयमै काम र दाम दिए अझै केही समय कम्पनीमा काम गर्न चाहेको बताएका छन् ।

अलपत्र नेपालीको अवस्था जटिल बन्दै गएको छ । अलपत्रमध्ये धेरै जसो तराइका युवाहरु धेरै छन । उनीहरुमध्ये भर्मैया ९ जिरामत, सर्लाहीका उमेश महतो विरामी परेर नाजुक अवस्थामा रहेको सहयोगी रमेश भण्डारीले जानकारी दिनुभयो ।।