ओमप्रकाश गुप्ता
सिसहनियाँ १९ साउन
वडा नागरिक मञ्चका पदाधिकारीहरुका लागि एक दिने सहभागिता मुलक खरिद अनुगमन तथा सार्वजनिक लेखा परिक्षण तालिम बुधवार सिसहनियाँमा सम्पन्न भएको छ । सिसा नेपाल दाङको आयोजना एवम् प्रान नेपालको सहयोगमा तालिम सम्पन्न भएको हो ।feature

गाविस सचिव मंगलप्रसाद चौधरीको अध्यक्षतामा भएको तालिममा गाविस स्तरको योजनाहरुको सुरुवात देखि सम्पन्न हुदा सम्मका १४ चरणको र नागरिक वडा पत्र, गुनासो तथा सुझाव हेर्ने संयन्त्रका बारे सिकाइएको थियो । साथै वडा न. १ को सरगैहिया कुलोमा पक्की डुड मर्मत र निमार्ण योजनाको स्थलगत अनुगमन समेत गरिएको थियो ।

९ आटै वडामा गठित वडा नागरिक मञ्चका संयोजक तथा प्रतिनिधि गरि १७ जनाको सहभागिता रहेको तालिमको सहजीकरण सिसा नेपालका कार्यक्रम अधिकृत गिरिराज भट्टले गर्नु भएको थियो । भने कार्यक्रमको सञ्चालन पत्रकार शिवराज पन्थीले गर्नु भएको थियो ।।