दाङ । नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) को तर्फबाट दाङ क्षेत्र नम्बर २ का उम्मेदवार निर्मल आचार्यले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । आज शुक्रवार दाङको घोराहीमा एक कार्यक्रमको आयोजना गरी २२ पृष्ठ लामो प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।

चुनावी प्रतिवद्धता पत्रमा आचार्यले सुशासनतर्फ छरितो सेवा, सक्षम प्रशासन, प्रविधिमैत्री सर्वसुलभ शिक्षा, सक्षम दाङ हाम्रो लक्ष्य, स्वस्थ दाङवासी, सशक्त दाङ पहुँचयोग्य स्वास्थ्य, सुरक्षित भविष्यको विषय समावेस गरेका छन् ।

त्यस्तै सिँचाइ, आधुनिक प्रणाली र बजार, कृषि क्रािन्तको आधार, पहुँचयोग्य पूर्वाधार, समृद्धिको आधार, स्यानीय स्रोत, वैश्विक बजार, प्रविधि र उद्यमशीलता हाम्रो जनरसहितका शीर्षकमा विभिन्न योजना तथा आधारहरुसहित जिल्लाको विकास गर्न विकास गर्न सकिने संकल्पसहितका प्रतिवद्धता पत्रमा उल्लेख छ ।

प्रतिवद्धता पत्रको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिवद्धता पत्र 2082