दाङ । आम जनता पार्टीको तर्फबाट दाङ क्षेत्र नं. ३ मा उम्मेदवार भएकी पाण्डवी नेपाली नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छन् । सोमबार नेकपा तुलसीपुर-९ को आयोजनामा गरिएको चुनावी सभामा नेपाली पार्टी प्रवेश गरेकी हुन् ।
नेपालीलाई आम जनता पार्टीले यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नं. ३ मा उम्मेदवार बनाएको थियो ।
उम्मेदवार नेपालीसहित २३ जना नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् । नव प्रवेशीलाई नेकपाका दाङ क्षेत्र नं. ३ का उम्मेदवार तथा नेकपाका केन्द्रीय सदस्य धनबहादुर मास्कीले स्वागत गरेका थिए ।











