मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुली कांग्रेसमा प्रवेश गरेका छन् । पराजुली रास्वपा परित्याग गरी कांग्रेसमा प्रव।ेश गरेका हुन् ।

पराजुलीलाई कांग्रेसका महामन्त्री गगनकुमार थापाले सोमबार सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ मा आयोजित कार्यक्रममा स्वागत गरेका छन् ।

पराजुलीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर–२ का निर्वाचन संयोजक निराजन बर्तौला, युवा नेता राममणि न्यौपाने लगायतका नेताहरू पनि कांग्रेस प्रवेश गरेका छन् ।