दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा र बजेट विनियोजनलाई यथार्थपरक र व्यवस्थित बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा आर्थिक वर्ष २०८र८३ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थासम्बन्धी अर्धवार्षिक समीक्षा कार्यक्रममा यथार्थपरक हुने गरी बजेट निर्माणको तयारी थाल्न आग्रह गरेका हुन् ।
प्रदेश सरकारले योजना तर्जुमा निर्देशिका निर्माण गरी टुक्रे योजना कटौती गर्ने र प्रदेश मन्त्रीपरिषद्बाट स्वीकृत गरेर कार्यान्वयनमा लैजाने तयारी गरेको उनले जानकारी दिए ।
मुख्यमन्त्री आचार्यले परिणाममुखी कार्यसम्पादनमा जोड दिँदै जनताको अपेक्षा अनुसार कामको गति बढाउन निर्देशन दिए । काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी ढिलाइ नगर्न निर्देशन दिदैप्रदेशको आन्तरिक आम्दानी वृद्धि गर्न राजस्वको दायरा विस्तार गर्नुपर्नेमा जोड दिए ।











