दाङ। सल्यान–दाङ राप्ती राजमार्ग आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । उक्त राजमार्ग अन्तर्गत सल्यान–दाङ सडकखण्ड माघ ८ गतेदेखि २५ सम्म दिउँसो सडक बन्द हुने भएको हो।
दाङ–सल्यानको कपुरकोट’हर्नेटी खण्डमा स्तरोन्नति कार्य चलिरहेकाले बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सवारी आवागमन बन्द गरेर सडक फराकिलो बनाउने कार्य गरिने भएको हो।
सडक डिभिजन कार्यालय दाङले पुस ३० गते सार्वजनिक सूचना नै जारी गरेर सडक बन्द गरिने जानकारी गराएको हो। सडक डिभिजन कार्यालयका अनुसार १८ दिनसम्म दैनिक पाँच घण्टा कपुरकोट–हर्नेटी सडक खण्ड बन्द हुनेछ।
साना र अत्यावश्यक सवारी साधनले ३ को पैंयाखोरीयादेखि सातबास किमुचौर कपुरकोटको वैकल्पिक मोटरबाटो प्रयोग गर्न सक्नेछन् । यस्तै तुलसीपुर कालीमाटी लुहाम हुँदै यात्रा गर्न सकिने विकल्प दिइएको छ।











