काठमाडौं । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४ सय ८४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
विभिन्न ६८ राजनीतिक दलबाट २ हजार २९७ र स्वतन्त्र १ हजार १८७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार हिजो मंगलबार उम्मेदवारी दर्ता गर्ने तोकिएको थियो ।
जसमा पुरुष ३ हजार ८८ र महिला ३ सय ९५ र अन्य समूहका एक महिला रहेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिनेछ ।
आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ ।











