दाङ । नेपाली कम्यूनिस्ट पार्टी दाङका प्रभावसाली नेता निर्मल आचार्यले दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यका लागि आचार्यले आज उम्मेदवारी दर्ता गरेका हुन् ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले आफ्नो उम्मेदवारी मुलुकको संमृद्धि र दाङको समग्र विकासका लागि भएको बताए । सरल स्वभावका आचार्य सधैजसो जनताको घरदैलोमा भेट हुने नेताका रुपमा चिनिन्छन् । आचार्य नेपाली कम्यूनिस्ट पार्टीका दाङ जिल्ला इन्चार्ज हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका महासचिव शंकर पोख्रेल, नेपाली कांग्रेसका किरणकिशोर घिमिरे र रास्वपाका विपिन कुमार आचार्य रहेका छन् ।











