दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

केन्द्रीय सल्लाहकार परिषद् सदस्य शम्भु गौतमको प्रस्तावक र लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्यको समर्थकमा उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

फागुन २१ गते तोकिएको प्रतिनिधिसभा चुनावमा महासचिव पोख्रेलसँग दाङ २ मा कांग्रेसका किरणकिशोर घिमिरे, नेकपाका निर्मल आचार्य र रास्वपाका विपिन आचार्य प्रतिस्पर्धामा छन् ।