काठमाडौं । राष्ट्रियता बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा भएका छन्। उनी हिजो सोमबार पोखराबाट पक्राउ परेका थिए ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबारे दिएको अभिव्यक्तिका कारण आयोगले अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरी काफ्लेलेका अनुसार प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको हो ।
अनुसन्धान अधिकृतहरूले उनीसँग सार्वजनिक शान्ति विरुद्धको कसुरमा बयान लिएका थिए । निर्वाचन आयोगले ५२ करोड रुपैयाँ खाएर कांग्रेसको विशेष महाधिवेश पक्षलाई वैधता दिएको आरोप प्रसाईंले लगाएका थिए ।











