रोल्पा, १९ साउन
रोल्पाको होलेरीमा थ्रीजी सेवा सुरु भएको छ । सखी–२ गढिलेकमा रहेको नेपाल टेलिकमको टावरको निर्माण कार्य सकिएपछि केहि दिन पअिले देखि थ्रीजी सेवा सञ्चालनमा आएको नेपाल टेलिकम रोल्पाले जनाएको छ । hh

कार्यालयका प्रमुख कैलाश आचार्यका अनुसार गत १ वर्ष अघिदेखी निर्माण कार्य सुरु भएको टावर सञ्चालनमा आएसँगै त्यस क्षेत्रका सेवाग्राहीहरुले थ्रीजी सेवा उपभोग गर्न पाएका हुन् ।

उक्त टावर सञ्चालनमा आएपछि होलेरी आसपासका सखी, झेनाम, डुब्रिङ, दुबिडाँडा, मसिना, जेदबाङ लगायतका सेवाग्राहीहरु लाभान्वित भएका छन् ।

टेलिकमको उक्त सेवाबाट एन्ड्रोइड मोवाइल भएका ग्राहकहरुले नेपाल टेलिकमको नमस्ते प्रिपेड र पोष्टपेड मोबाइलबाट द्रुत गतिको इन्टरनेट सेवा पाउने भएका छन् ।

उक्त टावर क्षेत्रको वरपर करिब २० किलोमिटरसम्म यो सेवा लिन सकिने बताइएको छ ।यस्तै रोल्पाको लिबाङ, सुलिचौर र थबाङमा टेलिकमले यसअघि नै थ्रीजी सेवा सञ्चालनमा ल्याइसकेको छ ।।