लालमटिया १९ साउन
देउखुरीको आर्दश उच्च मावि लालमटियामा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । राष्ट्रिय जनमोर्चा लालमटिया गाउँ कमिटी अध्यक्ष रमेशमान गुरुङ्गका आमा स्वर्गीय देवकुमारी गुरुङ्गको १३ औँ दिनको स्मृतिमा देवकुमारी छात्रबृत्ति अक्षयकोषको स्थापना गरिएको हो । kk
कक्षा ८ का गरिब, लगनशिल, मेहनती, अनुशासित तथा उत्कृष्ट १÷१ जना छात्रछात्रालाई बार्षिक छात्रबृत्ति प्रदान गर्ने गरी गुरुङ्गले विद्यालयका प्रचार्य दामोदर पाण्डेलाई उक्त रकम प्रदान गर्नु भएको हो ।

साथै विद्यालयले अक्षयकोष स्थापना गर्ने उहाँको परिवालाइ धन्यवाद ज्ञापन गरेको छ ।।