सल्यान, १९ साउन
नेपाल मगर विद्यार्थी संघ सल्यानले मगर संस्कृतिको उत्थान, संरक्षण तथा प्रर्वद्धनको लागि विद्यार्थी केन्द्रित कार्यक्रम थालेको छ । आफ्नो भाषा, संस्कृती, रहनसहन र बेग्लै किसीमको जिवनशैली हराउँदै गएको भन्दै यसको उत्थानका लागी अभियानकै रुपमा चेतनामूलक कार्यक्रम शुरु गरिएको संघले जनाएको छ ।  magar

सोहि क्रममा कपुरकोटमा १ सय बढि मगर विद्यार्थीको विचमा मगर भाषा, संस्कृती र रहनसहनका बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको नेपाल मगर विद्यार्थी संघ सल्यानका अध्यक्ष प्रदिप कुमार घर्ती मगरले जानकारि दिनुभएको छ ।

मगर भाषा, कला, संस्कृती हरायो भने आफुहरुको अस्तित्व पनि मेटिएर जाने भन्दै आफ्नो संस्कृतीको संरक्षणमा प्रेरित गर्ने उद्देश्यले कार्यक्रमको शुरुवात गरी जिल्लाभर विस्तार गरिने उहाँको भनाइ छ । नेपाल मगर संघ केन्द्रीय समित मध्यपश्चिम क्षेत्रीय उपाध्यक्ष निम बहादुर बुढा मगरले आफुहरुको जातीय पहिरन छिटको गुन्यु, भाङग्राको प्रयोग हुनै छाडेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।।