दाङ । दाङमा बिद्युतको पोल सार्ने क्रममा करेन्ट लागेर दुई जना घाइते भएका छन् । घोराही–तुलसीपुर चारलेन सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१० नारायणपुरमा मंगलवार विहान बिद्युतको पोल सार्ने क्रममा करेन्ट लाग्दा दुई जना घाइते भएका हुन् ।

मंगलवार बिहान करिब ८ बजेतिर करेन्ट लाग्दा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका–१३ निवासी २० वर्षीय राज साहु र सोही ठाउँ निवासी २७ बर्षीय असिम खान घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घाइते साहुको पेट र खानको अनुहार, घाँटी, हात तथा खुट्टामा जलन भएको छ ।

घाइते दुवै जनाको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घोराही–तुलसीपुर सडक विस्तारका क्रममा सडक सिमाभित्र पर्ने विद्युतका पोलहरु सार्ने क्रममा साहु र खानलाई करेन्ट लागेको थियो ।