सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत एक जना प्रहरी हवल्दार मृत फेला परेका छन् । प्रहरी हवल्दार ४१ वर्षीय भीमबहादुर केसी कार्यकालकै ओछ्यानमा मृत फेला परेका हुन् ।
दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नं–८ दुधेना घर भई भई जिल्ला प्रहरी सल्यानमा कार्यरत केसी सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शनिबारको ड्युटी पुरा गरी साँझको खाना खाएर सुतेका केसी आइतबार बिहान ६ बजेको पिटीमा सामेल नभएपछि उठाउन जाँदा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार जिल्ला अस्पताल सल्यानका चिकित्सकले भीमबहादुरलाई हृदयघात भएको जानकारी दिएका थिए ।











