काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते तोकिएको निर्वाचनको माहोल तातिदै गएको छ । दलहरु कतै एकता त कतै सहकार्यमा जुटेका छन् । प्रहरी प्रधान कार्यालयले निर्वाचन प्रहरीको आवेदन खोलिसकेको छ ।
त्यसैगरी निर्वाचन आयोगले नमूना मतपत्र छाप्न शुरु गरेको जनाएको छ । जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा दश लाख नमूना मतपत्र छाप्न सकिएको छ । भोलिबाट समानुपातिकको मतपत्र छपाइ शुरु हुनेछ । सेतो कागजमा कालो चिह्न मतपत्रमा हुनेछ भने मतदाताभन्दा १० प्रतिशत बढी छपाइ हुने बताइएको छ । करिव २ करोड मतपत्र छापिने आयोगले जनाएको छ ।











