काठमाण्डौ, १९ साउन
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज नै सरकारी निवास बालुवाटार छोड्न लाग्नुभएको छ । संसद बैठक सकिएपछि ओली बालुवाटारबाट आफ्नो निवास भक्तपुरको बालकोट फर्किने उहाँको निजी सचिवालयले जनाएको छ । bhaya

यसैविच, प्रधानमन्त्री ओलीलाई उहाँका समर्थकले बानेश्वरबाट स्वागत गर्दै बालकोट पु¥याउने तयारी गरेका छन् । समर्थकले वेलकम ब्याक भन्दै नयाँ बानेश्वरबाट ओली निवास बालकोटसम्म प्रदर्शन गर्न लागेका हुन् ।

स्वतन्त्र युवा अभियानले ओलीलाई बालकोटसम्म स्कर्टिङ गरेर लैजाने र त्यसका लागि स्वाभिमानी र देशभक्त युवालाई राष्ट्रिय झन्डासहित १ बजे बानेश्वर चोकमा उपस्थित हुन आग्रह गरेको छ । ओली प्रधानमन्त्री हुँदा ओलीले राष्ट्रियता र विकासको पक्षमा काम गरेकाले उहाँलाई सम्मान गर्न लागिएको अभियानले जनाएको छ ।।