काठमाडौं १९ साउन । प्रशान्त महासागर क्षेत्रमा अवस्थित टापुको मुलुक फेडेरेटेड्स स्टेट्स अफ माइक्रोनेसियाको याप राज्यमा पक्राउ परेका १६ नेपालीमध्ये पाँच जनालाई मंगलबार मलेसियास्थित नेपाली दूतावासको पहलमा उद्धार गरिएको छ ।
१६ जना नेपालीलाई विदेशी तथा नेपाली मानवतस्करले अमेरिका तथा अस्ट्रेलिया पठाइदिन्छु भनेर मोटो रकम असुली नेपालबाट मलेसिया र इन्डोनेसिया हुँदै डुङ्गाबाट देशको समुन्द्री क्षेत्रमा कागजात बिहीन अवस्थामा छाडेका थिए । उनीहरुलाई त्यहाँ छोडेलगत्तै माइक्रोनेसियाका अध्यागमन अधिकारीले पक्राउ गरी घर फिर्ती केन्द्रमा राखेका थिए ।।











