काठमडौ १९ साउन ।  सरकार सहभागिता जनाउने वा नजनाउने भन्ने विषयमा निर्णय गर्न राप्रपा नेपालको बैठक बस्दैछ । राप्रपा नेपाल कार्यसम्पादन समितिको बिहान बस्ने बैठकले पार्टी एकीकरणसँगै प्रधानमन्त्रीको निर्वाचनमा गर्ने मतदानका विषयमा निर्णय गर्नेछ ।

Former-Home-Minister-and-RPP-Nepal-Chairman-Kamal-Thapa-700-1050915माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मतदान गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीभित्र केही विवाद भएपछि हिजो निर्णय हुन सकेन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारमा सहभागी हुन राप्रपा नेपाललाई आग्रह गर्नु भएको थियो । पार्टी एकिकरणपछि मात्र सरकारमा निर्णय गर्नुपर्ने धारणा नेताहरुले राखेका थिए ।

नेताहरुको अलग फरकफरक धारणा आएपछि बिहान फेरि बैठक बसेर राप्रपा नेपालले नयाँ सरकार बारेमा निर्णय गर्ने पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।