काठमाडौं । उर्जा तथा जलस्रोत मन्त्री मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएर सक्रिय राजनीतिमा होमिएका छन् ।

यसअिघ नै कुलमानले रास्वपासँगको एकता सहमतिमा आफू उपसभापति हुने समहति गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेकी थिइन् । सोही अनुसार कुलमानले बुधवार राति नै प्रधानमन्त्री कार्कीलाई राजीनामा बुझाएका हुन् ।

पदबाट राजीनामा दिदै उनले आजदेखि नै उज्यालो नेपाल बनाउनेमा सक्रिय भएर लाग्ने बताए । कुलमानले उर्जा तथा जलस्रोतसँगै भौतिक तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

उनले रास्वपासँगको एकताको सहमतिसँगै आफ्नो भागमा परेका समानुपातिक उम्मेरवारको नाम समेत निर्वाचन आयोगको बन्द सूचिमा पठाइसकेका छन् ।