काठमाडौं । प्रतिनिधि सभा सदस्यको लागि फागुन २१ गते हुने चुनावका लागि निर्वाचन प्रहरीको भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जनाको लागि भर्ना खुलाएको हो ।

निर्वाचन प्रहरीमा भर्ना हुनका लागि भोलि पुस २५ गतेदेखि माघ १ गतेसम्म आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । निर्वाचन प्रहरीमा भर्ना हुनका लागि १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने छ ।

पूर्वसुरक्षाकर्मी, यसअघिका निर्वाचनमा म्यादी प्रहरीमा नियुक्त भएर खटिएका, छिमेकी देशका सुरक्षा निकायमा काम गरेर अवकाश भएका तथा सुरक्षा निकायमा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले प्राथमिकता पाउने छन् ।