काठमाडौँ । भ्रष्टाचार मुद्दामा पक्राउ परेका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न अदालतले आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउनुपर्ने आदेश गरेको हो ।
बुधबार विशेष अदालतमा उपस्थित भएका गुप्ताको बयानपछि थुनछेक बहस भएको थियो । विशेष अदालतले उनलाई थुनामै राखी मुद्दा अघि बढाउन आदेश दिएको छ ।
असार ३१ गते बिचौलियासँग घुससम्बन्धी संवाद सार्वजनिक भएपछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले राजीनामा दिएका थिए । गुप्ता पोखराको बाटुलेचौर जग्गा प्रकरणमा पनि मुछिएका छन् ।











