काठमाडौँ,१९ साउन ।  नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सरकार गठनलगायत विषयमा आज बिहान निर्णायक छलफल हुने छ । तीन पक्षबाट गठित कार्यदलबीच हिजो साँझसम्म भएको वार्तामा मस्यौदाको अधिकांश बुँदामा सहमति भएको र आज बिहान शीर्ष नेताको उपस्थितिमा अन्तिम टुङ्गो लगाइने कार्यदलका सदस्य एवं काँगे्रस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

2-1मोर्चाका तर्फबाट कार्यदलका सदस्य एवं सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सहमतिको खाका तयार भएको र केही शब्दावलीमा छलफल जारी रहेको बताउनुभयो ।

तीन पक्षबीच कुरा नमिलेको भन्ने प्रचार गलत भएको र आज बिहान सहमतिमा हस्ताक्षर हुनेमा आफू ढुक्क रहेको उहाँको भनाइ छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीका उम्मेदवार रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, मोर्चाका शीर्ष नेतासहितको बैठक आज बिहान बस्ने उहाँले जानकारी दिनुभयो ।।