काठमाडौं १९ साउन ।  नेपाली बिद्यार्थीहरु उच्च शिक्षाका लागि बिदेश जानेक्रम बढदै गएको छ । शिक्षा मन्त्रालयबाट एक बर्षमा विदेश अध्ययनका लागि साढे ३२ हजार नेपाली बिद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट ९एनओसी० लगेका छन् ।

downloadजसका लागि राष्ट्र बैंकबाट साढे १७ अर्ब रुपैयाँभन्दा बढी सटही भएको छ । शिक्षा मन्त्रालय नो अब्जेक्सन सर्टिफिकेसन शाखाका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा ३२ हजार चार सय ८२ विद्यार्थीले विदेश अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लगेका छन् ।

राष्ट्र बैंकको करेन्ट माइक्रोइकोनोमिक एन्ड फाइनान्सियल सिचुएसन सिएमएफएस अनुसार गत आर्थिक वर्षको ११ महिनाको अवधिमा १७ अर्ब ६४ करोड २० लाख रुपैयाँको विदेशी मुद्रा सटही भएको छ ।।