काठमाडौँ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको चुनावका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ । सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि निर्वाचन आयोगले १६८ वटा मतदान स्थल थप गर्दै मतदानस्थलको संख्या १० हजार ९६७ पुर्याएको हो ।
साविकमा १० हजार ८९२ मतदान स्थल रहेका थिए । यस्तै, प्रयोगमा नरहेका र समायोजित भएका ९३ वटा मतदानस्थल भने खारेज गरिएको छ । आम मतदातालाई सहज, सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि मतदानस्थल तय गरिएको आयोगले जनाएको छ । मतदातालाई अपायक परेका, प्रयोगका नरहेका मतदान केन्द्र खारेज गरी पायक पर्ने स्थानमा थप गरिएको हो ।
मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटी सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गरिनेछ ।











