इन्द्रेणी संवाददाता
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो ३३ औं स्थापना दिवसको अवसरमा इन्द्रेणी अनलाइनका सम्पाक केशरमान बुढाथोकी पुरस्कृत भएका छन् । पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै महासंघले बुढाथोकीलाई देवकी नन्दन प्रतिभा पुरस्कारबाट परस्कृत गरेको हो ।

३३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्पादक बुढाथोकीलाई नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्मालगायतका अतिथिहरुले नगदसहित सम्मान पत्रले पुरस्कृत गरेका थिए ।

रुकुममा जन्मिएका बुढाथोकी लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । उनी इन्द्रेणी इन्टरनेशनल मिडिया प्रा.लि.का अध्यक्ष समेत हुन् ।