काठमाडौँ । नेकपा एमालेको ११ महाधिवेश अन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी सकिएको छ । बुधबार विहान ९ बजेबाट शुरु भएको मतदान आज विहीबार विहान ७ बजे सकिएको हो ।

निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको पार्टी निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिएका छन् । यो ९८ दशमलव ०४ प्रतिशत हो । ३६ जना भने मतदानमा अनुपस्थित रहेका छन् ।

अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले सुरुमा मतदान गरेकोमा नेता योगेश भट्टराईले अन्तिम मतदान गरे । अध्यक्ष पदका लागि दुई जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ ।

नेकपा एमालेका यसअघिका महाधिवेशन भन्दा यो अधिवेशन बढी लोकतान्तिक र स्वतन्त्र देखिएको छ । यसपटक महाधिवेशनमा दुई प्यानल बनेर चुनावी मैदानमा उत्रिएपनि केही स्वतन्त्र स्पमा पनि उम्मेदवार बनेका छन् । कुनै पक्षले कसैलाई केही पनि दोषारुपन नगरेरै खुल्ला रुपमा उम्मेदवारहरुले मत मागेका थिए भने प्रतिनिधिहरुले पनि विवेकपूर्ण रुपमा मतदान गर्ने वातावरण भएको सहभागी प्रतिनिधिहरुले बताएका छन् ।