काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्वका लागि काठमाडौँको भृकुटीमण्डपमा मतदान जारी छ । एमालेको ११ औं महाधिवेशनअन्तर्गत आज पाँचौं दिन मतदान भइरहेको छ । विद्युतीय मेसिनबाट मतदान कार्य भइरहेको छ ।

सबै मतदातालाई प्राविधिक ज्ञाान नहुँदा मतदान गर्न लामो समय लाग्ने गरेको छ । मतदान गर्न छिटोमा ९ मिनेटदेखि २ घण्टा ४ मिनेटसम्म लगाएको पार्टी निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले जानकारी दिए ।

उनका अनुसार वेलुका ५ बजेर २ मिनेट जाँदासम्म ८०२ मत खसेको छ । मतदान आज रातभरी भै चल्ने छ । एमालेमा दुई हजार २ सय ६३ जना मतदाता (प्रतिनिधि) छन् । एमालेमा केपी शर्मा ओली र ईश्वर पोखरेल नयाँ नेतृत्वका लागि प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् ।