दाङ । जिल्ला प्रशासन कार्यालय दाङ, घोराही उपमहानगरपालिका र खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय दाङको सयुक्त टोलीले बजार अनुगमनलाई तीब्रता दिएको छ ।
टोलीले घोराहीस्थित खाद्य बजार, होटेल रेस्टुरेन्ट, स्ट्रीट फुड लगायतका खाद्य ब्यवसाय अनुगमन गरेको छ । सो क्रममा व्यवसायमा देखिएका कमीकमजोरीलाई सुधार गर्न व्यवसायीहरुलाई सचेत गराइएको छ । अनुगमनका क्रममा भेटिएका अखाद्यबस्तुहरु नष्ट समेत गरिने गरेको छ ।

















