भारतको ओडिशामा पछिल्लो दुई दिनमा चट्याङ लागेर ५२ जनाको ज्यान गएको छ । ओडिशाको बालेश्वरमा ८, भद्रकमा ७, मयुरभन्जमा ७, खोर्धामा ६, कटकमा ५ र जाजपुरमा चार जनाको चट्याङ लागेर ज्यान गएको राज्य आपद नियन्त्रण केन्द्रले जनाएको छ । ज्यान जानेमा अधिकांश मानिस खेतमा काम गर्दै थिए ।

chatyangचट्याङ लागेर ८० जना भन्दा धेरै घाइते भएका छन् । शनिबार मात्रै ४० जनाको ज्यान गएको बिबिसीले उल्लेख गरेको छ । ज्यान जानेको संख्या अझै बढ्न सक्ने आशंका छ ।