दाङ । दाङमा होटलमा लुकाइएको पेस्तोल पड्किँदा एक जना घाइते भएका छन् । आज शनिबार बिहान पौने ११ बजेतिर पेस्तोल पड्किँदा लमहीको रातो डाँडा स्थित रोयल प्यालेस होटलमा कार्यरत १८ वर्षीय सिसम गौतम घाइते भएको दाङ प्रहरीले जनाएको छ ।
कोठा सफा गर्ने क्रममा एसीमाथि लुकाएर राखिएको पेस्तोल निकाल्दा अचानक पड्किँदा गौतम घाइते भएका हुन् । उनको औँलामा चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन् । गौमको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।











