दाङ । त्रिभुवन नगर जेसीज घोराहीको अध्यक्षमा मिनराज भाट निर्वाचित भएका छन् । जेसीज निर्बाचन समितिका भाटले आफ्ना प्रतिस्पर्धिलाई ५ मतको अन्तरले चुनाब जितेर २०२६ को अध्यक्षमा निर्वाचित भएको संयोजक रबिकिरण केसीले जानकारी दिएका छन् ।
भाटले ३५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वि किरण गौतमले ३० मत ल्याएका थिए । यसअघिको जेसीजको अध्यक्षमा भएको अन्नत आरसी र किरण गौतम बिचको चुनाबमा किरण पराजित भएका थिए।
कुल मतदाताको संख्या ६५ रहेको थियो । हरेक बर्ष नेतृत्व चयन हुने गरेको जेसीजमा नेतृत्व छान्न युबाहरुको बिचमा लोकतान्त्रिक विधि चुनाब हुने गरेको छ ।
त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा मिनेश श्रेष्ठ र श्यामकुमार गिरी, उपाध्क्षमा हिमाल केसी, हरि भट्टराइ, प्रकाश आचार्य, विवेक देवकोटा र सचिवमा रणबहादुर खड्का चयन भएका छन् ।











