इन्द्रेणी संवादाता
दाङ । पुस्तक तथा स्टेशनरी व्यवसायी समिति दाङको अध्यक्षमा सन्तोष आचार्य चयन भएका छन् । शनिवार घोराहीमा सम्पन्न २७ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनबाट आचार्य अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
त्यसैगरी समितिको निवर्तमान अध्यक्षमा केशवराज सुवेदी, वरिष्ठ उपाध्यक्षमा तिर्थ बहादुर डाँगी, उपाध्यक्षमा प्रेम प्रकाश डिसी र ताराप्रसाद चुदाली, सचिवमा विष्णु बहादुर अधिकारी, सहसचिवमा गंगामणि डाँगी र कोषाध्यक्षमा रमेश शर्मा चयन भएका छन् । त्यस्तै सदस्यहरूमा गणेश केसी, अनिल पौडेल, जुगराम चौधरी, पुजा चौधरी, कृष्णभक्त गुप्ता र सुभाष शर्मा चयन भएका छन् ।
त्यसैगरी लेखा संयोजकमा दिलिप खड्का, सदस्यहरूमा खेमराज खनाल र दिपक खनाललाई चयन गरिएको छ । त्यस्तै क्षेत्रीय संयोजकमा घोराहीमा देवीराम पोख्रेल, तुलसीपुरमा गणेश कुमार न्यूरे र लमहीमा पदम प्रसाद भण्डारी चयन भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।











