काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशन सुरु भएको छ । भक्तपुरको सल्लाघारीमा सुरु भएको महाधिवेशन २७ देखि २९ गतेसम्म चल्ने छ ।
महाधिवेशनको उदघाटनसत्र भक्तपुरमा भए पनि बन्दसत्र आइतबारदेखि प्रदर्शनीमागस्थित भृकुटीमण्डपमा हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
बन्द सत्रमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी रहने छन् । महाधिवेशनले १५ सदस्यीय सचिवालयसहित २५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।











