दाङ १९ साउन । लालमटिया गाविसले आर्थिक बर्ष २०७२/०७३ मा लक्षितबर्ग तर्फको बजेटमा चरम दुरुपयोग भएको पाईएको छ । गाविसले बिनियोजन गरेको लक्षित बर्गको बजेट मध्ये ७ लाख ४७ हजार ३ सय रकम उनीहरुको आयआर्जन तथा क्षमता विकासका लागि खर्च गर्नु पर्नेमा भौतिक पूर्वधार विकास निर्माणमा खर्च गरेको पाईएको हो ।

nepali-note1लालमटिया गाविसले हिजो गाविस भवन मसुरियामा आयोजना गरेको आर्थिक बर्ष २०७२/०७३ को बार्षिक आम्दानी खर्च सार्वजनिक तथा समिक्षा कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा यस्तो पाइएको हो । जसमध्ये सबै भन्दा बढी बालबालिका तर्फको बजेट भौतिक पुर्वधार विकास निर्माणमा खर्च गरिएको छ , त्यसैगरी आदीबासी जनजाति, मधेसीमुस्लिम, पिछिडाबर्ग, जेष्ठ नागरिक र महिला तर्फको बजेट विकास निर्माणमा खर्च भएको गाविसले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

जसमा बालबालिका तर्फ विनियोजन गरिएको ६ लाख ७७ हजार रकम मध्ये ३ लाख २७ हजार रकम विकास निर्माणमा खर्च गरिएको छ भने ३ लाख ५० हजार रकम मात्र बालबालिकाको क्षमता विकास तथा आयआर्जनमा खर्च भएको गाविसले जनाएको छ । जसमा विद्यालयको भौतिक पूर्वधार निर्माण तथा मर्मतका लागि भन्दै ३ लाख २७ हजार रकम खर्च गरेको गाविसले जनाएको छ । ३ लाख ५० हजार बराबरको बालबालिका लक्षित क्षमता विकासमा खर्चको गरेको छ ।

त्यसैगरी आदीबासी जनजाति, मधेसीमुस्लिम, पिछिडाबर्ग, जेष्ठ नागरिकको कुल ६ लाख ७७ हजार रकम मध्ये ३ लाख ८७ हजार रकम भौतिक पूर्वधार विकास निर्माणमा खर्च गरिएको छ । महिला लक्षित कार्यक्रममा भने ३३ हजार ३ सय कुवा मर्मत बाहेक अन्य सबै रकम महिलाहरुको क्षमता विकास तथा सचेतना कार्यक्रममा खर्च गरिएको छ ।

महिला लक्षित कार्यक्रममा ४ लाख ५१ हजार ३ सय रकम मध्ये ३३ हजार ३ सय रकम मात्र विकास निर्माणमा खर्च गरिएको गाविसले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । गाविस सचिव दामोदर पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा गाविसले एक बर्षको अबधिमा विभिन्न शिर्षकमा गरी १९ लाख ३८ हजार ४ सय ४२ रुपैयाँ आम्दानी गरेको पत्रकार सन्तोष कुमार गुप्ताले जानकारी दिनुभयो ।।