अबैद्य रुपमा दाङका खोलाहरुबाट ढुंङ्गा जन्य बस्तु निकासि गरिरहेका ८ वटा सवारी साधनलाई प्रहरीले नियणत्रणमा लिएको छ । दाङको पातुखोला , सिस्नेखोला र ग्वारखोलामा अबैद्य रुपमा ढुंगा जन्य बस्तु निकासी गरिरहेका ८ ओटा सवारी साधनलाई प्रहरीले नियणत्रणमा लिएको हो ।
आज तुलसीपुर ५ मा रहेको पातुखोलामा अबैद्य रुपमा ढुंगा जन्य बस्तु उत्खन्न गरी ओसार पसार गर्न लागेका दुई वटा ट्रेक्टरलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियणत्रणमा लिएको जनाएको छ । रा १ त १७३१ र रा १ त २०३३ नंबरको ट्रयाक्टरलाई नियणत्रण लिएको ईप्रका तुलसीपुरका प्रमुख कृष्णा प्रशाईले जानकारी दिनुभयो ।

Tractor

त्यस्तै घोराही ४ सिस्नेखोलामा अवैधरुपले उत्खनन् गरिरहेका दुइवटा ट्रेक्टर नियणत्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी धिरज प्रताप सिंहले जानकारी दिनुभयो । रा १ त १३०८ र रा १ त ६५० नम्वरका ट्याक्टर नियन्त्रणमा लिएको एसपी सिंहले जानकारी दिनुभयो ।

यसैगरी आज नै ग्वारखोलाका बिभिन्न स्थानहरुबाट अबैद्य रुपमा ढुंगाजन्य बस्तु निकासि गरिरहेका ४ वटा ट्रयाक्टरलाई प्रहरीले नियणत्रणमा लिएको जनाएको छ । रा १ त ७८५, लु २ त २८८६, ना ४ त ८१०३ र लु ३ त १३७८ नम्वरका ट्याक्टर विजौरी र खाद्रेको आसपासवाट नियन्त्रणमा लिईएको हो । एसपी सिंहका अनुसार नियणत्रणमा लिईएका सबै ट्रेक्टरलाई आवश्यक कारावहीका लागि जिल्ला विकास समितिमा पठाईएको छ ।।