दाङ, १९ साउन
दाङ महिला जेसीजको आयोजनामा उच्च मावि स्तरिय वक्तृत्वकला प्रतियोगीता मंगलवार घोराहीमा सम्पन्न भएको छ । ‘परिवर्तनका लागी महिला’ शीर्षकमा भएको अन्तरक्रीया कार्यक्रममा जिल्लाभरका उच्च माविका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।  १७ जना विद्यार्थी प्रतियोगी रहेको प्रतियोगीतामा सिद्धार्थ उच्च मावि घोराहीका छात्रा रिचा बुढाथोकी प्रथम, दिपशीखा उच्च मावि घोराहीका छात्रा प्रतिष्ठा वली द्धतिय र गोर्खा उच्च मावि घोराहीका छात्रा उषा ज्ञवाली तृतीय हुनुभएको थियो । c
प्रथम, द्धतिय र तृतीय हुनेहरुलाई क्रमशः २ हजार, १५ सय र १ हजार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

दाङ महिला जेसीजका अध्यक्ष सञ्जीता गौतमको अध्यक्षता एवं जिल्ला शिक्षा अधिकारी रमेश मैनालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागी महिलाहरुले समाज परिवर्तनदेखी देशका महत्वपूर्ण आन्दोलनबाट भएका परिवर्तनमा पनि महिलाहरुको महत्वपूर्ण भूमीका भएका वताएका थिए ।

प्रतियोगीताको निर्णायकमा किशोरचन्द्र गौतम, देवा पौडेल र विमला गौतम रहनुभएको थियो । कार्यक्रमकालागी युवा समाजसेवी चिरन केसी, जयन्द्र पौडेल र दिपेन्द्र गिरी (दिपु)ले सहयोग गरेको कार्यक्रम संयोजक कल्पना श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रम संयोजक कल्पना श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सदस्य मंगला रानाले आश्था पाठ गराउनुभएको थियो । कार्यक्रमको सहजिकरण महासचिव रेखा शर्माले गर्नुभएको थियो ।।